दफा ९क
अनुगमन तथा निरीक्षण गर्न सक्ने
(१) कसैले कुनै खाद्य पदार्थ यस ऐन बमोजिम तोकिएको गुण, स्तर, मात्रा वा परिधि भन्दा न्यून गुण, स्तर, मात्रा वा परिधिको वा दुषित खाद्य पदार्थ वा कुनै खाद्य पदार्थलाई ढाँटी झुक्याई बिक्री वितरण गरे गराएको विषयमा प्रदेश वा स्थानीय तहले आफ्नो क्षेत्रमा अनुगमन तथा निरीक्षण गर्न सक्नेछन।
(२) उपदफा (१) बमोजिम अनुगमन तथा निरीक्षणको क्रममा कसैले यस ऐन विपरीत कुनै काम गरेको पाइएमा प्रदेश सरकार वा स्थानीय तहबाट अनुगमन वा निरीक्षणमा खटिएको अधिकृत वा निरीक्षकले यस ऐनको दफा ४क. र दफा ८ बमोजिमको अधिकार प्रयोग गर्न सक्नेछ।त्यसको जानकारी अनुसन्धान अधिकारीलाई दिनु पर्नेछ।
(३) यस दफा बमोजिम अनुगमन तथा निरीक्षण गर्दा कसै उपर यस ऐन बमोजिम मुद्दा चलाउनु पर्ने भएमा उपदफा (२) बमोजिमको अधिकारीले यस ऐन बमोजिम अनुसन्धान तथा अभियोजन गर्ने अधिकारी समक्ष पठाउनु पर्नेछ।”